इ चितवन खबर
August 27, 2026
चितवन । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले देशका विभिन्न भू–भागमा देखिएको प्राकृतिक विपद् तथा हिजोको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा उद्धार तथा आपत्कालीन मानवीय सेवामा उच्च सतर्कताका साथ खटिन आफ्ना चालकहरूलाई अपिल गरेको छ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेद्वारा बिहीबार जारी विज्ञप्तिमा विपद्को कठिन घडीमा ज्यान जोखिममा राखेर घाइते तथा बिरामीको उद्धार, उपचारका लागि अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा मानवीय सेवामा खटिने सम्पूर्ण एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गरिएको छ।
संघले प्राकृतिक विपद् जुनसुकै बेला आउन सक्ने भन्दै अप्ठ्यारो, जोखिम र प्रतिकूल मौसमको पर्वाह नगरी नागरिकको जीवनरक्षाका लागि आफ्नो जिम्मेवारी पूरा गर्न चालकहरूलाई आग्रह गरेको छ।
विशेषगरी धादिङ, नुवाकोट, रसुवा, नवलपुर, तनहुँ र चितवन लगायतका जिल्लामा खटिएका संघमा आबद्ध चालकहरूलाई सम्बन्धित जिल्लामा आवश्यक समन्वय गरी उद्धार तथा आपत्कालीन मानवीय सेवामा निरन्तर सक्रिय रहन अपिल गरिएको छ।
विपद्का बेला एम्बुलेन्स सेवा जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएकाले घाइते, बिरामी, गर्भवती, वृद्धवृद्धा तथा विपद्मा परेका नागरिकलाई प्राथमिकताका साथ सेवा प्रदान गर्न संघले अनुरोध गरेको छ।
त्यस्तै, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै उद्धार तथा उपचार सेवामा सहजीकरण गर्न पनि चालकहरूलाई आग्रह गरिएको छ।
संघले विज्ञप्तिमार्फत “विपद्मा हामी पछि हट्दैनौँ, मानवीय सेवामा हामी सधैँ अग्रपंक्तिमा रहन्छौँ” भन्ने प्रतिबद्धता व्यक्त गर्दै कठिन घडीमा एकजुट भई नागरिकको जीवनरक्षामा समर्पित हुन सम्पूर्ण चालकहरूलाई आह्वान गरेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 27, 2026
August 27, 2026
August 26, 2026
August 26, 2026
August 26, 2026
August 26, 2026
August 25, 2026
August 25, 2026
August 25, 2026
August 25, 2026
August 27, 2026
August 27, 2026
August 26, 2026
August 26, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .