इ चितवन खबर
November 28, 2026
काठमाडौं । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी–प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको नेपाली कथानक फिल्म ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ ।
आगामी मंसिर १ गतेदेखि लमजुङमा छायांकन गर्ने तयारी गरिएको फिल्मको निर्माण कार्य निर्धारित योजनाअनुसार सुरु भएको हो । फिल्म निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् ।
साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको फिल्मले जातीय विभेदका कारण प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ । वर्तमान सामाजिक परिस्थितिलाई यथार्थपरक ढंगले पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण भइरहेको निर्माता शेखर लामाले बताए ।
जातकै कारण प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता लामाको भनाइ छ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ ।
फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन् । फिल्ममा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ ।
शेखर लामा निर्माता रहेको फिल्मको निर्देशन नवराज श्रेष्ठले गरिरहेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 01, 2026
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .