प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

इ चितवन खबर

September 13, 2026

म्याग्दी।  कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो । 


म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिनुभएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताउनुएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गितिक समूह बनाएको बताउनुभयो । 


“यो नेपालको पहिलो लोकसङ्गीत ब्यान्ड हो”, उहाँले भन्नुभयो, “विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु ।”


दुतराजले अबको साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने जानकारी गराउनुभयो । “करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु”, उहाँले भन्नुभयो, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो ।” 


दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् ।  ब्यान्डले नेपालमा साङ्गीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । उहाँका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना भ्mयालैमालगायतका लोकगीत चर्चित छन् ।


यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले भन्नुभयो, “म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौँ, विपन्न समुदायका प्रकाशको सङ्घर्ष र मिहेनत प्रेरणादायी छ ।”


दुतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए । प्रस्तुतिअघि आफ्नो विगतका सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दुतराजले आगामी साङ्गीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घको तर्फबाट सम्मान गरिएको थियो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

चितवनकी गायिका एश्वर्णा श्रेष्ठको " जहिले देखि" सार्वजनिक

August 20, 2026

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

June 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

June 16, 2026

असामान्य जोडीको कथामा ‘गौँथली’

June 01, 2026

विदेशमा शाखा विस्तार गर्दै चलचित्र पत्रकार सङ्घ

June 01, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .