इ चितवन खबर
May 19, 2025
चितवन। चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण असार ८ गते हुने भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की 'लक्की' ले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड असार ८ गते गरिने जानकारी दिनुभयो।
‘चलचित्र उद्योगको प्रवद्र्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रूपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी, व्यवसायीहरु सँग सुझाव संकलन अभियान चलाएको बताए ।
लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने फिल्मी अवार्डलाई लिएर सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको कार्कीले बताए । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ”, उनले भने, “हामी सँग छलफलका क्रममा सबै उत्साहित हुनु हुन्छ, अवार्डले सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ ।”
लक्की फिल्मी अवार्डका क्रममा चलचित्र क्षेत्र सँग सम्बन्धित विभिन्न २४ विधामा कलाकारहरूलाई सम्मान गरिने महाप्रबन्धक कार्कीले बताए । सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने उनको विश्वास छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताए । विसं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
फिल्मी अवार्ड वितरण कार्यक्रममा लामो समयदेखि काम गर्दै आएका पत्रकार, मावनीय सेवामा समर्पित व्यक्ति, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुनेगरी एक/एक जना व्यक्तिलाई सम्मानसमेत गरिने महाप्रबन्धक कार्कीले बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
July 01, 2025
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .