इ चितवन खबर
July 28, 2025
"ह्बाट अ अमेजिङ्ग डे यार " चार दिन सम्म सिमिसमे झरीमा घरमै कुँजिएर ढुंडी लाग्ने बेला भएको बेला बिहानैबाट हल्का पारिलो पाराले घाम लाग्दै गर्दा सन्ते करायो "बाईक झिक मुला हिंड जाऔं नारायणीको भेल हेर्न" । "हुँ"। "जाने र?" म अनकनाए झैं गर्छु।जानी जानी आलटाल गर्छु।
"ओ माई गड कत्रो बौलाएको नारायणी"।नारायणीले बगाएर ल्याएर चौरमा उत्तानो परेर पल्टाएको उत्तिसको ठुटो माथि बसेर पर पर नियाल्दै चिच्याउँछु।पानीमाथि मधुरो सेतो बाफ परपरसम्म उडिरहन्छ।सन्ते लाईटर निकालेर सुर्य चुरोट सल्काउँछ अनि एक सर्को तानेर नमिठो गरी धमिलो पानीमा थुक्छ।
एक जोडी टहलिदैँ आँउछन ।केटीले चप्पल हातमा लिएर पानीभित्र टेक्न अनकनाउँछे ।केटो अलिपर गएर घुँडाघुँडा पानी बनाएर बस्छ। भैंसी जुकाको याद आँउछ।
वान्स अपन अ टाईम ,बाल्यकालमै।सालका पतिङरसँगै खोलामा जुकाको बाढि आँउथ्यो ।यि जुकाहरु बहुतै कलाकार लाग्थे ।पातबाट चिप्केर ज्यानमा ।ज्यान चुम्न पाए पछि मरीगए नछोड्ने।घोप्टो पर्दै नाप्दै एकछिनमै काउकुतीमै। हाय रे! यिनीहरु कता कता पसिसकेका हुन्थे। हामी आङ्ग भित्र भित्र टाँसिएका जुका तन्काई तन्काई तान्थ्यौ। सो डिस्गस्टिङ्ग ।
कालीगण्डकी चोक ।भाउजुको होटेल ।तेलको ड्रमको टिनको भित्तोमा साप्ताहिककी मोडेलले कपालबाट पानी चुहाउँदै छे ।
वाऊ सो ब्युटिफुल । सन्तेले ठुलै आबाजमा उसको टिसर्टमा लेखिएको अङ्ग्रेजी शब्द ईसेन्सियल्स भन्दै पढ्छ अनि फिस्स हाँस्छ। होटेलको टिनमा एकैछिनमा सिमसिम पानी पर्न थालेको आवाज आउन थाल्छ । भाउजू मैले साउन महिना माछामासु बारेको सुनेर चित खान्छिन।" के को नाटक गर्छौ हँ मोर्डन केटाहरु ?"मेरो मन स्विङ्ग गर्छ।म ठुस्किन्छु।के बार्नु धर्म मात्रै हो? फर हेल्थ सेक।परको टेबलमा सुकुटी र सोमरससंग जमेर बसेका अंकलले पक्लक्क हेर्छन।
डियर यु। आज तिम्रो चेन्ज भाको प्रोफाईल कति राम्रो के ।ऐना पनि लजाँउदो होला तिमीलाई हेरेर हगी?फेसबुक भरीको तिम्रो फोटो भरी मेरो मायाले गुँड हाल्न थालिसक्यो ।डियर तिमीलाई पत्तो समेत छैन होला ।वन साईडेड लभ म्याकुरी।
हप्ते हटियाका कमिलासरी मान्छेहरु। छया् कति सस्तो मान्छेहरु के । मान्छेको त अब भ्यालु नै छैन ।सब तरकारी र त्यस्मा हालेको औषधि र बिष किन्न आका अल्छीहरु। घरमा अलिकति ठाउँ छैन?।तिम्रो बाउले यस्तै त स्याउला बोकेर घर गए होलान ।मलाई पीर पर्छ। गुलियो मन नपरी नपरी जेरी अर्डर गर्छु।जेरी पुरै रातो छ ठ्याक्कै तिम्रा ओठजस्तै। ओठ त मेरा पनि ग्लसी भो होला नि कल्पना गर्छु ।के कुरा गर्नु हो होईट।
गुजुल गुजुल हिलो छ ।रोपिएको धानले जरा हालेर पंहेलोबाट हल्का हरियो हुँदै छ ।खेत र गर्हाहरु पुरै कलाकारले क्यानभासमा सजाएको जस्तो रङ्गिचङ्गी छ।हरियो त अहिले मेरो डियरको अंगअंगमा सजिरा होला है तर कस्को पो नामको ?मैले जरा हाल्न सकिन प्यारी तिम्रो मनमा । त्यसै मन म्याच्च पर्छ।भ्यागुतो र भ्यागुती पानीमा रुझेर सानो खाल्डोमा लुकीलुकी प्रेम गर्दैछन -दुँनियाले सुन्नेगरी बेपरवाह-एकोहोरो ट्बार ट्बार। होईट लाज नभाकाहरु। साँच्ची यो पाली मेरी भ्यागुतीले मेहन्दी लगाईकी छैन होली?
हुनत झरीको यो बेलामा धेरै प्रेमीहरु चियाको सुर्कोमा प्रेमिकाको यादमा बिस्कुट झैँ चोपली रहन्छन्।नोष्टालजियामा गीत गुनगुनाईरहन्छन।अँ म पनि सबैले सुन्ने गरी नविन के भट्टराई पारामा चिच्याई चिच्याई गित गाईदिन्छु ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 30, 2025
August 25, 2025
August 23, 2025
August 21, 2025
August 13, 2025
August 07, 2025
August 06, 2025
July 28, 2025
July 26, 2025
July 24, 2025
May 19, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .