फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग

इ चितवन खबर

August 13, 2025

काठमाडौं। छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ । महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ। फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोहोर, तेल र ब्याक्टेरिया कम हुन्छ, जसले गर्दा नयाँ दागहरू बन्ने सम्भावना कम हुन्छ।

 

फिटकिरी र पानी

- एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
- यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
- १० मिनेटपछि सादा पानीले धुनुहोस्
- हप्तामा दुई पटक प्रयोग गर्नुहोस्

 

फिटकिरी र गुलाब जल

- एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।

- यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
- र, १५ मिनेट पछि धुनुहोस्
- यसले छालालाई टोन र उज्यालो बनाउँछ

 


फिटकिरी र कागती
- आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
- दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
- चिसो पानीसँग धुनुहोस्
- यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ

 

फिटकिरी प्रयोग गर्दा सावधानीहरू

-फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
-संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ
- फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
- हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस् 

 

फिटकिरी अनुहारको दाग हटाउन सस्तो, प्राकृतिक र प्रभावकारी उपाय हो। यदी सही र नियमित रूपमा प्रयोग गरियो भने छाला केही हप्ता भित्रै सफा र चम्किलो देखिन थाल्छ। महँगो सौन्दर्य उत्पादनहरू अघि यो घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्।


# जीवनशैली

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार

August 30, 2025

तीजमा किन चढाइनु पर्छ १६ थरीका बिरूवाका पात ? जान्नुहोस्

August 25, 2025

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

August 23, 2025

शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउनुहोस्

August 21, 2025

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरु

August 07, 2025

आँप धेरै खाएमा आउनेछ डन्डिफाेर र देखिनेछ अनुहारमा दाग

August 06, 2025

"ए झरी नझरी देउ यसरी..."

July 28, 2025

बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? उसो भए यो कुरामा ध्यान दिनुहोस्

July 28, 2025

शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

July 26, 2025

दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका

July 24, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .