इ चितवन खबर
August 13, 2025
काठमाडौं। छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ । महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ। फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोहोर, तेल र ब्याक्टेरिया कम हुन्छ, जसले गर्दा नयाँ दागहरू बन्ने सम्भावना कम हुन्छ।
फिटकिरी र पानी
- एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
- यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
- १० मिनेटपछि सादा पानीले धुनुहोस्
- हप्तामा दुई पटक प्रयोग गर्नुहोस्
फिटकिरी र गुलाब जल
- एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।
- यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
- र, १५ मिनेट पछि धुनुहोस्
- यसले छालालाई टोन र उज्यालो बनाउँछ
फिटकिरी र कागती
- आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
- दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
- चिसो पानीसँग धुनुहोस्
- यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ
फिटकिरी प्रयोग गर्दा सावधानीहरू
-फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
-संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ
- फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
- हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस्
फिटकिरी अनुहारको दाग हटाउन सस्तो, प्राकृतिक र प्रभावकारी उपाय हो। यदी सही र नियमित रूपमा प्रयोग गरियो भने छाला केही हप्ता भित्रै सफा र चम्किलो देखिन थाल्छ। महँगो सौन्दर्य उत्पादनहरू अघि यो घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 30, 2025
August 25, 2025
August 23, 2025
August 21, 2025
August 07, 2025
August 06, 2025
July 28, 2025
July 28, 2025
July 26, 2025
July 24, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .