वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
चैत्र शुक्ल नवमी : आज रामनवमी पर्व मनाइँदै
नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
चैत्र शुक्ल अष्टमी : चैते दसैँ
बारको भावी नेतृत्वका लागि मतदान जारी
बिदाले सोमबारसम्म रबि प्रहरी हिरासतमै, कारागारमा भने रबी र छबीसँगै हुने
चितवनको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते
एनएसएल फुटबल : चितवनको लगातार दोस्रो जित
रवि लामिछाने पक्राउ
जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का
विभागको अनुगमन तीब्र, ७ फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन
रबि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
किन बढ्दै छ, वायु प्रदूषण ?
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने
वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने ? वायु गुणस्तर सूचकांक भनेको के हो ? AQI को महत्त्व
सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायाे मान्यता
चितवन खबर पत्रिकालाई अझ परिस्कृत र परिमाजर्न गर्दै लैजाने : निर्देशक राजेश शर्मा आचार्य
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारत माथी सबैभन्दा बढ कर (सुचीसहित)
नेपाल बिरूद्दको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा
राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति
‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारवाही हुन्छ : गृहमन्त्री लेखक
प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न
सुनको भाउ बढेको बढयै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक
सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरी : अर्थमन्त्री पौडेल
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
चितवनसँग पोखरा पराजित
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री ओली
तीनकुने घटना प्रकरण : ४१ जना विरुद्ध पाँच दिन म्याद थप

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .