मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

चितवन। चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको छ ।


कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले सुरुआतीमा मेसिनको महत्त्वबारे बुझाउन र प्रयोग सिकाउन केही कठिनाइ भए पनि हाले किसान आफैँले मेसिन खोज्न थालेका बताउनुभयो । “सुरुका वर्षमा कर्मचारीले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधिबारे सिकाउनुपथ्र्यो । हाल धेरै किसानले सिकिसकेका छन् र मेसिनको माग पनि बढ्दै गएकोे छ”, उहाँले भन्नुभयो । 


मेसिन प्रयोग गर्दा कम लागतमा बढी उत्पादन हुने भएकाले किसानहरू आकर्षित हुँदै गएको पाण्डेले बताउनुभयो । “उत्पादन बढाएर लागत घटाउन कृषिमा यान्त्रिकीकरण बढाउनैपर्छ,” उहाँले भन्नुभयो,“खेतीमा यान्त्रिकीकरण भए उत्पादन लागत झण्डै ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ ।”


भरतपुर महानगरपालिका–६ देवनगरका किसान प्रकाश श्रेष्ठले  यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट र दुई बिघामा परम्परागत रूपमा रोपाइँ गरिरहेको जानकारी दिनुभयो । “मेसिनले रोप्दा ज्याला कम लाग्दो रहेछ ।  उत्पादन कति हुन्छ हेर्न बाँकी नै छ”, उहाँले भन्नुभयो ।


श्रेष्ठका अनुसार मेसिनबाट प्लास्टिक ट्रेमा राखेर फरक तरिकाले बेर्ना तयार गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालमा मेसिनबाट धान रोपेको देखेपछि आफूले जानकारी लिएर प्रयोग सुरु गरेको उहाँले सुनाउनुभयो । 


कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराइएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएको कृषि अधिकृत पाण्डेले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर करिब ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो भने यसवर्ष थप ९८ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । 


“मेसिनबाट धान रोप्दा बीउ कम लाग्छ, ज्याला खर्च घट्छ र उत्पादन पनि बढ्छ”, पाण्डेले भन्नुभयो,“एक कठ्ठा क्षेत्रफलमा परम्परागत तरिकाले रोप्दा करिब दुई किलो बीउ लाग्ने भए पनि मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ ।”
 

चितवनमा आव २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु गरिएको थियो । हाल जिल्लामा १३ वटा मेसिन सञ्चालनमा छन् । यस वर्ष मात्र किसानलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।


चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको छ । जिल्लामा चैतेधान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोनको कमाण्ड क्षेत्र बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको अधिकृत पाण्डेले बताउनुभयो ।

'बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने'
निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
केएमसी अस्पतालले साम्बाको निःशुल्क उपचार गरिदिने
कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग
राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सहकार्य जरूरी : अर्थमन्त्री खनाल
इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल
स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छ : एमाले अध्यक्ष ओली
हाम्रो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छ : सभापति लामिछाने
निर्वाचन आउन नौ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
मतदातालाई ‘प्रतिज्ञापत्र’ बुझाउँदै कांग्रेस उमेदवार बुर्लाकोटी
प्रतिनिधिसभा निर्वाचन : तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री
चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .