इ चितवन खबर
March 17, 2026
काठमाडौं ।गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुतिमा बनेको नेपाली फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ ।
रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत, ढकाल स्वयम र रचना रिमालको स्वर समावेश छ ।
गीत सार्वजनिक गर्न आयोजित कार्यक्रम यतिबेला मर्मस्पर्शी देखियो जतिबेला गायक ढकालले सङ्गीतकार सागरलाई आफ्नो हस्ताक्षरसहितको गिटार उपहारस्वरूप प्रदान गरे । सम्मानस्वरूप दिइएको गिटार ग्रहण गर्दै सङ्गीतकार सागरले टिमसँग जोडिएर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए ।
कार्यक्रममा बोल्दै निर्माता ढकालले फिल्मको नाम सुन्दा धेरैलाई यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीति नाटकमा आधारित हो कि भन्ने लाग्न सक्ने भन्दै त्यसलाई प्रस्ट पारे ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .