इ चितवन खबर
March 11, 2025
काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।
टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन् । ‘झोला’ मा सती प्रथा र 'भोर'मा दाइजो प्रथामा सामाजिक कथा देखाए झैं 'झिल्को' मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको 'झिल्को' को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ। मिडिया फर कल्चर प्रा लिको प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .