इ चितवन खबर
March 21, 2025
हैदरावाद। सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा’ को तेस्रो सिक्वेलसन् २०२८ मा विश्वभरका सिनेमाघरमा आउने पक्का भएको छ ।
सो फिल्मका निर्माताहरूले हालै यसका बारेमा जानकाी दिएका हुन । गत वर्ष डिसेम्बरमा रिलिज भएको दोस्रो भाग पुष्पाः २– द रुलले लगभग १७५० करोडको कुल सङ्कलनका साथ विश्वव्यापी बक्स अफिसमा सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एकको रूपमा उभाउन सफल भएको थियो ।
मिडिया अन्तरक्रियाका क्रममा निर्माता रविशंकरले पुष्टी गरे कि तेस्रो सिक्वेल, जसको शीर्षक हो पुष्प ३ः द र्याम्पेज हो, यो फिल्म अब २०२८ मा आउने पक्का भएको छ। फिल्म निर्माताले अल्लु अर्जुनले अर्को निर्देशक एट्लीका त्रिविक्रमको फिल्म सकाउने र दुबै आगामी २ बर्ष भित्रमा पूरा हुने जनाएका छन् ।
यसैबीच, निर्माता रविशंकरले पुष्टी गरे अनुसार पुष्पा निर्देशक सुकुमारले पुष्पाः ३ मा काम सुरु गर्नु अघि सुपरस्टार राम चरणलाई निर्देशन गर्दैछन्।
त्यसोभए अब अल्लु अर्जुन र सुकुमारको तीनवटा फिल्महरू अलग–अलग हुनेछन् उनीहरू पुष्पा फ्रान्चाइजीको अन्तिम सिक्वेलमा काम गर्नु अघि अन्त काम गर्नेछन् ।
पुष्पा फ्रेन्चाइजीले २०२१ मा पुष्पाः द राइजको साथ सुरु गरेको थियो, जसले विश्वभर ३५० करोड भन्दा बढी कमाई गर्न सफल भएको थियो । र सो वर्षको सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्मको रूपमा दर्ज गराएको थियो ।
४ वर्ष पछि चलचित्रको दोस्रो भागले पर्दामा हिट मात्रै भएन् र बक्स अफिसमा तूफान नै ल्याएको थियो । र। रेकर्ड ब्रेक ओपनिङको साथ सबै समयका लागि तेस्रो सबैभन्दा ठूलो कमाई गर्ने भारतीय फिल्म बन्यो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .