इ चितवन खबर
March 21, 2025
मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै माया गरिरहेका छन ।
तर, दर्शकमा रहेको यो उत्साहका बीच फिल्मको प्रचारप्रसारमा केही ठूला परिवर्तन गरिएको छ । यसअघि ‘सिकन्दर’ को प्रमोशनका लागि पुरा टिमले ३० हजार फ्यानसहित ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको थियो तर अहिले परिवर्तन गरिएको छ ।
सलमान खानको फिल्म ‘सिकन्दर’ को ट्रेलर २३ वा २४ मार्चमा भव्य रुपमा रिलिज हुने थियो । तर, सुरक्षाका कारण अहिले यो योजना परिवर्तन गरिएको जनाइएको छ । अब सलमानले डिजिटल प्लेटफर्ममार्फत फिल्मको प्रमोशन गर्न लागेको बताइएको छ । यसको कारण सलमान खान सार्वजनिक रुपमा ठूलो संख्याका सामु देखिने छैनन ।
फिल्मको ट्रेलर पनि डिजिटल प्लेटफर्ममा भव्य रुपमा सार्वजनिक गरिने भएको छ । यो फिल्म मार्च ३० मा हलमा रिलिज हुँदैछ ।
पिंकभिलाको रिपोर्टका अनुसार सलमान खानको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ, जसका कारण यो कार्यक्रम रद्द गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको अग्रिम बुकिङ सुरु हुनेछ । सबै समस्याका बाबजुद पनि सलमान आफ्ना फ्यानहरूसँग डिजिटल रूपमा जोडिने छन् । साथै, ट्रेलरको अन्तिम संस्करण लक भएको पनि रिपोर्टमा बताइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .