महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

इ चितवन खबर

April 02, 2025

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु ।”


उहाँले बिना सम्झौता चलचित्र तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्राय प्रेम कथानक चलचित्रमा अभिनय गर्नुभएका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधामा तयार भएको चलचित्रमा अभिनय गर्नुभएको हो । सो चलचित्रकी निर्देशक कृषा चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताउनुभयो ।


“यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित ग¥यो । चलचित्र भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरेकी छैन । महिला भएकै कारण सामाजिक विधामा मात्र चलचित्र बनाउन सक्छन भन्नेलाई मेरो कामले जवाफ दिएको छ”, उहाँले भन्नुभयो ।


सो चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।


विशाल चौलागाईं निर्माता रहनुभएको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको सो अवसरमा बताइयो ।  


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .