इ चितवन खबर
April 15, 2025
मुम्बई। बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ, जसअनुसार यस धम्कीको पछाडीको घटनामा शंकास्पद दुई युवाको पनि खोजी गरिएको छ ।
रिपोर्टका अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परे पछि मुम्बई प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएको थियो । यस अवधिमा ती मानिसको रातो टोपी हटाइयो, उनको पाइन्टको खल्ती छामियो र दुबै राम्रोसँग सुरक्षा जाँचसमेत गरिएको थियो । तर, कुनै प्रमाण नभेटे पछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो ।
खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ। यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन।
यसबाहेक कसैलाई पनि फोटो खिच्न पनि रोक लगाइएको छ । वास्तवमा सलमान खान, शाहरुख खान र अमिताभ बच्चन यस्ता स्टार हुन् जसको घरबाहिर दर्शकको ठूलो भीड देखिन्छ तर सलमान खानलाई ज्यान मार्ने धम्की बाराम्बार आएपछि उनको सुरक्षा फेरि बढाइएको छ । उनको घरबाहिर पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .