सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी

इ चितवन खबर

April 15, 2025

मुम्बई। बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ, जसअनुसार यस धम्कीको पछाडीको घटनामा शंकास्पद दुई युवाको पनि खोजी गरिएको छ ।

 

रिपोर्टका अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परे पछि मुम्बई प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएको थियो । यस अवधिमा ती मानिसको रातो टोपी हटाइयो, उनको पाइन्टको खल्ती छामियो र दुबै राम्रोसँग सुरक्षा जाँचसमेत गरिएको थियो । तर, कुनै प्रमाण नभेटे पछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो । 

 

खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ। यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन। 

 

यसबाहेक कसैलाई पनि फोटो खिच्न पनि रोक लगाइएको छ । वास्तवमा सलमान खान, शाहरुख खान र अमिताभ बच्चन यस्ता स्टार हुन् जसको घरबाहिर दर्शकको ठूलो भीड देखिन्छ तर सलमान खानलाई ज्यान मार्ने धम्की बाराम्बार आएपछि उनको सुरक्षा फेरि बढाइएको छ । उनको घरबाहिर पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .