इ चितवन खबर
April 21, 2025
काठमाडौं। ओम प्रतीकको लेखन/निर्देशन रहेको ‘मोहर’ साउनमा आउने भएको छ । निर्माण पक्षले यो चलचित्र साउन २३ गतेदेखि सिनेमा घरमा ल्याउने मिति तय गरेको हो ।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुति रहेको यो चलचित्रलाई चुम्बन जंग शाहीले निर्माण गर्नु भएको हो । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, बाल कलाकार सारा शर्मा लगायत कलाकारको अभिनय छ ।
हालै निर्माण पक्षले मुख्य अभिनेता पल शाहको केही तस्वीरहरू सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरहरूमा पल शाहलाई दर्शकले यसअघि नदेखेको फरक गेटअपमा देख्न पाउनेछन् । उहाँनले लामो कपाल पाल्नुभएको छ भने उहाँको हातमा भरुवा बन्दुक पनि देखिएको छ ।
दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुनुहुन्छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रको निर्माण नियन्त्रकमा लक्ष्मणराज पौडेल हुनुहुन्छ ।
यो चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .