ओम प्रतीकको लेखन/निर्देशन रहेको चलचित्र ‘मोहर’ साउनमा

इ चितवन खबर

April 21, 2025

काठमाडौं। ओम प्रतीकको लेखन/निर्देशन रहेको ‘मोहर’ साउनमा आउने भएको छ । निर्माण पक्षले यो चलचित्र साउन २३ गतेदेखि सिनेमा घरमा ल्याउने मिति तय गरेको हो ।

 

फिल्म मेकर्स प्रा.लिको प्रस्तुति रहेको यो चलचित्रलाई चुम्बन जंग शाहीले निर्माण गर्नु भएको हो । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, बाल कलाकार सारा शर्मा लगायत कलाकारको अभिनय छ ।

 

हालै निर्माण पक्षले मुख्य अभिनेता पल शाहको केही तस्वीरहरू सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरहरूमा पल शाहलाई दर्शकले यसअघि नदेखेको फरक गेटअपमा देख्न पाउनेछन् । उहाँनले लामो कपाल पाल्नुभएको छ भने उहाँको हातमा भरुवा बन्दुक पनि देखिएको छ ।

 

दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुनुहुन्छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रको निर्माण नियन्त्रकमा लक्ष्मणराज पौडेल हुनुहुन्छ ।

 

यो चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .