इ चितवन खबर
May 14, 2025
मुम्बई। हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् । खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरहेका छन् । खास कुरा के हो भने बाबु छोराको यो फरक र नयाँ सुरुवात सँगैसँगै भइरहेको छ । बुबाको पाइला पछ्याउँदै अब युगले पनि फिल्मी दुनियाँमा डेब्यु गर्दैछन् ।
अजय देवगन र युग देवगनले आगामी हलिउड फिल्म ‘कराटे किडः लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् । ज्याकी च्याङको आवाजमा अजय देवगन बनेका छन् भने ली फोङको क्यारेक्टरमा युगले स्वर दिएका छन् । युगको फिल्मी संसारमा यो पहिलो अनुभव हुनेछ । तर, अजयले पहिलो पटक अन्तर्राष्ट्रिय फिल्मका लागि आवाज दिएका हुन् ।
काजोल र अजय देवगनका छोरालाई फिल्मी दुनियाँको मन छ । उनी आफ्ना बुवाको आगामी फिल्म ‘सन अफ सरदार २’ को सुटिङका क्रममा पनि सेटमा देखिएका थिए । युगले अभिनयमा डेब्यु नगरेको हुन सक्छ तर अहिले उनी आफ्नो आवाजको जादु फैलाउन तयारी अवस्थामा छन् ।
सोनी पिक्चर्स इन्टरटेनमेन्ट इन्डियाले अजय देवगन र युग देवगनसँग मिलेर यो पहल गरेको हो । यसमार्फत अजय पहिलो पटक आफ्नो छोरासँग काम गर्दैछन् । यो तस्विर हिन्दी र अंग्रेजीका साथै तमिल र तेलुगुमा पनि रिलिज हुनेछ । ज्याकी च्यानको यो फिल्म मे ३० मा भारतमा रिलिज हुँदैछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .