इ चितवन खबर
June 06, 2025
काठमाडौं। कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो ।
कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको हो।
बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकहरूलाई सम्मान गरेको थियो । सो खुशीयालीमा सम्मानपत्र दिंदै सोही समारोह मार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो।
कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सहनिर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले पिताम्बरले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएकी थिइन्।
उनले भनिन्, ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’ केही दिनअघि जापानमा समेत बेस्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐचोपैचो’ हो। जुन समीक्षात्मक रूपमा सफल देखिन्थ्यो।
यस फिल्ममा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .