इ चितवन खबर
July 01, 2025
काठमाडौँ । बि आर प्रोडक्सनको प्रस्तुति को रुपमा तयार भएको नया नेपाली गीतको म्युजिक भिडियो “तिम्रो याद” को सोमबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । वरिष्ठ गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्येक्रममा नेवा : दे दबूका अध्यक्ष पवित्र बज्राचार्य , अग्रज सिने पत्रकार विजय रत्न असंबरे , वरिष्ठ संगीतकार बुद्ध सायमी , गीतका रचनाकार पवन कुमार बुढाथोकी ,ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले सो भिडियो बारे मन्तव्य राखेका थिए कार्येक्रममा दबु प्याखं जगतका लोकप्रिय पुराना कलाकार एवं गायक राजेन्द्र सुवालका पिता पन्चरत्न महर्जन सुवालको लगाएतको विशेष उपस्थिति उपस्थिति रहेको थियो ।
राजेन्द्र सुवाल र बिपना शाक्यको सुमधुर आवाजमा रहेको यस गीतमा पवन कुमार बुढाथोकीको रचना , बरिष्ठ संगीतकार बुद्ध सायमीको संगीत रहेको छ।
सुरेन्द्र मानन्धरको साथमा शिवानी बज्राचार्य को निर्देशन र इन्द्र मानन्धर को सम्पादन रहेको यस यस म्युजिक भिडियोमा किरण जोशी र भिन्तुना जोशीको अभिनय रहेको छ । सार्वजनिक कार्येक्रम पश्चात यो भिडियो अडियो नेपाल युट्युब मा अपलोड गरिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .