काठमाडौं। फिल्म ‘टिका: स्टेटलेस सोल’ को शुभमुहूर्त भएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरिएको छ। फिल्मको छायांकन भने यसै साताबाट सुरु हुनेछ। भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म आगामी तीजको अवसरमा भदौ २६ गतेबाट रिलिज हुनेछ।
कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद् खेप्नुपरेको महिलाको गम्भीर कथामा चलचित्र बन्न लागेको बताइन्। पछिल्लो ब्लकबस्टर ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टीका’ निर्माणमा जुटेको बताइन्। खड्का दशैँ रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’ को समेत निर्माता हुन्।
शंकर कार्कीको निर्देशनमा बन्ने यसल फिल्मलाई महिला प्रधान चलचित्र भनिएको छ। फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाललगायतको अभिनय छ। कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ। चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को संगीत रहनेछ। नरेन्द्र मैनाली सिनेमाटोग्राफर छन्।
कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राखेका थिए। अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफूहरूको करियरकै एक विशेष चलचित्र रहेको बताए।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .